global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्सलाई १८ वटा जुबाओ भ्यान हस्तान्तरण

स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्सलाई १८ वटा जुबाओ भ्यान हस्तान्तरण

स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्सलाई १८ वटा जुबाओ भ्यान हस्तान्तरण

आर्श ग्रुपद्वारा स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्स प्रालिलाई १४ सिटर १८ ओटा जुबाओ भ्यान हस्तान्तरण गरिएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक समारोहकाबीच आर्श ग्रुप प्रालिले स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्स प्रालिलाई उक्त भ्यान हस्तान्तरण गरेको हो ।

जुबाओ इभी भ्यान चीनको फर्ट अटोमोबाइल वर्कस (FAW ) जिलिनद्वारा उत्पादन गरिएको अत्याधुनिक इलेक्ट्रिक गाडी हो । जुन विशेषगरी समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त मानिन्छ ।

गाडीले पर्यावरणमैत्री र सस्तो सञ्चालन खर्चका साथ यात्रामा आरामदायिक सुविधा प्रदान गर्छ । आर्श ग्रुपद्वारा नेपाली बजारमा उपलब्ध गराइँदै आएको भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको छ ।

जुबाओ ईभी भ्यान नेपाली बजारमा आश ग्रुपको पूर्ण प्रतिबद्धतासाथ प्रस्तुत गरिएको छ । यो गाडीले यातायातको गुणस्तर सुधार गर्दै, वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु-याउने साथै नेपाललाई दिगो र हरित भविष्यतर्फ अघि बढाउने प्रालिको विश्वास रहेको छ ।

प्रालिको शाखाहरु धनगढी, नेपालगञ्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी, बिर्तामोड र काठमाडौंमा रहेको छ ।

 

प्रकाशित समय : १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु