गृहपृष्ठ ‘महसुस गर्नु छ’ बोलको गीत सार्वजनिक
‘महसुस गर्नु छ’ बोलको गीत सार्वजनिक

संगीतकार तथा गायक रवि सुनारको गीत ‘महसुस गर्नु छ’ सार्वजनिक भएको छ । नि:स्वार्थ प्रेम कथामा आधारित रहेको गीतमा निर्मल तिमल्सिनाको शब्द रहेको छ ।
बोमा खत्रीको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा आर्चर पन्त र पूजा मोक्तानको मुख्य भूमिका रहेको छ । त्यसैगरी मिडिया संयोजन तथा व्यवस्थापनको जिम्मेवारी विशाल प्याकुरेलले निर्वाह गरेका छन् ।
द डाफेस फिल्म कम्पनी’८८ले निर्माण गरेको भिडियो द डाफेस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रकाशित समय : १८:१० बजे