global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ वडा कार्यालय भवन निर्माण सुरु

वडा कार्यालय भवन निर्माण सुरु

वडा कार्यालय भवन निर्माण सुरु

व्यास नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण सुरू गरिएको छ । नेपाल टेलिकमसँगै जोडिएको छ आना क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण सुरू गरिएको हो ।

उक्त भवनको गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले आज शिलान्यास गरे । व्यास नगरपालिकाको एक करोड १८ लाखमा भवन निर्माण गरिने जनाइएको छ । तीनतले उक्त भवनमा वडाध्यक्ष, सचिवको कार्यालय, सभाहल हुने वडाध्यक्ष अनुप रानाले जानकारी दिए ।

हालसम्म निमचोकस्थित भाडाको घरमा भाडामा सञ्चालन हुँदै आएको वडा कार्यालयको नयाँ भवन निर्माणपछि सेवा प्रवाहमा सहजता हुने वडाअध्यक्ष रानाको विश्वास छ । उनले भने “साँघुरो कोठाबाट सेवा प्रवाहमा असहज भइरहेको छ । नयाँ भवनबाट सहज रूपमा सेवा प्रवाह गर्न सक्छा ।”

भवन शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य श्रेष्ठले जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गर्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले धेरै समयको प्रयासपश्चात् वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्राप्ति भएको बताए ।

व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले सबै वडा कार्यालयको भवन निर्माण गर्ने नीति बमोजिम ३ नम्बर वडाको भवन निर्माण सुरू गरिएको जानकारी दिए । सरकारको मन्त्रिपरिषद् बैठकले उक्त वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेलगत्तै भवन निर्माण सुरू गरिएको हो ।

जिल्ला समन्वय समितिका नाममा दर्ता रहेको साविक फराकचौर गाविस वडा नं ९ को सो सरकारी जग्गा व्यास नगरपालिका– ३ को वडा कार्यालय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिइएको हो ।

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु