global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीद्वारा संसदमै बधाई

ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीद्वारा संसदमै बधाई

ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीद्वारा संसदमै बधाई

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिएका छन् । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद चौधरीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले राम्रो काम गरेको भन्दै बधाई दिएका हुन् ।

उनले भने,‘ऊर्जाबाटै समृद्धि हासिल गर्ने लक्ष्यसहित कुन समयमा के गर्ने भनेर पहिलोपटक तालिका सार्वजनिक भएको छ ।’ सांसद चौधरीले मन्त्रालयले पहिलोपटक १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम सुरु गर्नु देशका लागि सुखद विषय भएको धारणा राखे ।

सांसद चौधरीले उत्पादित विद्युत् स्वदेशमा खपत गर्ने र बाँकी भारत तथा बंगलादेशमा बिक्री गर्ने योजना रहेको उल्लेख गरे । विद्युत् विकासको मार्गचित्र ऊर्जा मन्त्रीको योजनामा समेटिनु सिंगो सरकारको सफलता भएको उनको भनाई थियो। नेपालले आन्तरिक खपतपछि बाँकी रहेको विद्युत् भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।

उद्योगी समेत रहेका सांसद चौधरीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गरी प्राधिकरणको वास्तविक अवस्था स्पष्ट पारेको बताए । उनले भने, ‘अहिलेको अवस्थामा प्राधिकरणले हिउँदको समयमा आन्तरिक खपतका लागि आवश्यक विद्युत् उत्पादन गर्न सक्दैन। आगामी दुई वर्षसम्म बाह्य स्रोतबाट विद्युत् आयात गर्नुपर्ने स्थिति रहेको छ भन्ने इमान्दार अभिव्यक्ति उहाँले दिनुभएको हो, वास्तविकता त्यही हो।’

चौधरीले ऊर्जा क्षेत्रको विकासका लागि हाल ५ हजार मेगावाटका पीपीए भइसकेका आयोजनाहरूलाई छिटो अगाडि बढाउनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु