global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ तीन विद्यालयको तह घटाउने, एकलाई अर्कोमा गाभ्ने चन्द्रपुर नगरपालिकाको निर्णय

तीन विद्यालयको तह घटाउने, एकलाई अर्कोमा गाभ्ने चन्द्रपुर नगरपालिकाको निर्णय

तीन विद्यालयको तह घटाउने, एकलाई अर्कोमा गाभ्ने चन्द्रपुर नगरपालिकाको निर्णय

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा रहेका तीन विद्यालयको तह घटाउने र एकलाई अर्कोमा गाभ्ने निर्णय भएको छ । चन्द्रपुर नगरपालिकाको नगर शिक्षा समितिको हालै बसेको बैठकले सो निर्णय गरेको हो ।

चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलका अनुसार निम्न माध्यमिक विद्यालय चन्द्रपुर–२ असनवा ,बसन्त आधारभूत विद्यालय बसन्तपुर र जनता प्राथमिक विद्यालय बडहरवालाई तह घटाउने निर्णय भएको हो । नयाँ शैक्षिक सत्रको लागि तिन विद्यालयलाई कक्षा १ देखि कक्षा ३ सम्म अध्यापनको अनुमति दिने निर्णय गरेको उनले जानकारी दिए ।

यस अघि सो विद्यालयहरुमा कक्षा ५ देखि ७ सम्म अध्यापन हुने गरेको थियो । जनप्रिय प्राथमिक विद्यालय नयाँटोल पडहरियालाई श्री कृष्ण माध्यमिक विद्यालयमा गाभ्ने निर्णय शिक्षा समितिको बैठकले गरेको शिक्षा शाखा प्रमुख मण्डलले जानकारी दिए । यी विद्यालयहरुमा विद्यार्थी संख्या न्यून हुँदै गएपछि यो निर्णय गरिएको उनले उल्लेख गरेका छन ।

अर्को तर्फ यस विद्यालयहरुमा विद्यार्थीको संख्या न्यून र शिक्षकको संख्या अवश्यकता भन्दा बढी रहेको पाइएको उनको भनाइ छ । अब तह घटाउने र गाभ्ने निर्णयसँगै शिक्षकको संख्यामा पनि कटौती हुने उनले बताए । ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने मान्यताका साथ अघि बढेका छौ’ उनले भने ।

अनावश्यक शिक्षक दरबन्दी रहेको पाइएपछि व्यवस्थापनको लागि यस्तो निर्णय गर्नु परेको चन्द्रपुर नगरपालिकाको नगर शिक्षा समितिले जनाएको छ । तर नगर क्षेत्रमा रहेका विद्यालयले पाठयपुस्तक वितरणसँगै नयाँ शैक्षिक सत्रका लागि अध्यापन सुरु गरिसकेका छन ।

प्रकाशित समय : १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु