global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ वैदेशिक रोजगार बीमा व्यवसाय : २ अर्ब बढी बीमा शुल्क संकलन, सन नेपाल लाइफ अग्रस्थानमा

वैदेशिक रोजगार बीमा व्यवसाय : २ अर्ब बढी बीमा शुल्क संकलन, सन नेपाल लाइफ अग्रस्थानमा

वैदेशिक रोजगार बीमा व्यवसाय : २ अर्ब बढी बीमा शुल्क संकलन, सन नेपाल लाइफ अग्रस्थानमा

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमकले २ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैतसम्मको तथ्यांक अनुसार ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले २४ लाख ६८ हजार २१९ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर उक्त रकम आर्जन गरेका हुन् । वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ इन्स्योरेन्स एक्लैले ९८ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी, एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ६७ करोड ४७ लाख रुपैयाँ, नेपाल लाइफले १८ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

चालू आर्थिक वर्षको चैतसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर आइएमई लाइफले १७ करोड ६९ लाख रुपैयाँ, नेशनल लाइफले १५ करोड २६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १२ करोड ८६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८ करोड ६८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ करोड ९५ लाख रुपैयाँ, सिटिजन लाइफले ७ करोड ७५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ करोड १ लाख रुपैयाँ, हिमालयन लाइफले ५७ लाख ३६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी, लघु जीवन बीमातर्फ वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले ४० लाख ८३ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफले ३१ लाख ७५ हजार रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ४ लाख ९६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु