global ime bank Long Banner Ad

गृहपृष्ठ एसियन लाइफ इन्स्योरेन्सले पायो हकप्रद जारी गर्ने अनुमति

एसियन लाइफ इन्स्योरेन्सले पायो हकप्रद जारी गर्ने अनुमति

एसियन लाइफ इन्स्योरेन्सले पायो हकप्रद जारी गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले आज एसियन लाइफलाई हाल कायम चुक्ता पुँजीको १ः०.४२ अनुपातमा अर्थात ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो ।

अब एसियन लाइफले आफ्ना शेयरधनीहरुलाई १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ भने हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु