गृहपृष्ठ बजारमा मासुको मूल्य बढ्यो, उपभोक्ता मारमा
बजारमा मासुको मूल्य बढ्यो, उपभोक्ता मारमा

संघीय राजधानी काठमाडौंका साथै देशभरी नै पछिल्लो समय मासुको खपत बढेसँगै मूल्य आकाशिएको छ । माग बढेपछि पछिल्लो केही महिनायता मासुको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।
गत मंसिरमा प्रतिकिलो ३ सय १५ रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले प्रतिकिलो ४ सय २० रुपैयाँदेखि ४ सय ३५ रुपैयाँसम्म पुगेको छ । यसो त गत वर्ष कुखुराको मासुको मूल्य ह्वात्तै घटेको थियो ।
बजारमा मासु खपत घटेपछि व्यवसायीले मूल्य घटाएका थिए । तर पछिल्लो समय बजारमा मासुको माग बढ्दै जाँदा पुनः कुखुराको मासुको मूल्य बढ्दै गएको छ । अर्काे तर्फ बजारमा खपत बढ्दा उत्पादन घटेकाले मासुको मूल्य बढेको नेपाल पोल्ट्री महासंघले जनाएको छ ।
प्रकाशित समय : १२:०७ बजे