global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा

पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा

पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा

भारत र पाकिस्तानबीच तनाव बढ्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग (पीएसएल)का बाँकी खेलहरू संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गर्ने भएको छ।

अब पीएसएलका अन्तिम आठ खेलहरू अब युएईमा आयोजना हुने भएका छन्। यी खेलहरु रावलपिंडी, मुल्तान र लाहोरमा आयोजना हुने तालिका रहेको थियो।

पीसीबीले जारी गरेको विज्ञप्ति अनुसार खेलको तालिका, मिति र स्थान भने सही समयमा घोषणा गरिनेछ।

बिहीबार रावलपिंडी क्रिकेट रंगशालामा हुने तय भएको पीएसएल खेल रद्द गरिएको छ। पाकिस्तानी सेनाले रावलपिंडी क्रिकेट रंगशाला नजिकैको फूड स्ट्रिटमा भारतीय ड्रोन खसालेको दाबी गरेको थियो।

 

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु