गृहपृष्ठ बोट पल्टिएर फेवातालमा खसेका ७ जनाको उद्धार
बोट पल्टिएर फेवातालमा खसेका ७ जनाको उद्धार

पोखराको फेवा तालमा बोट पल्टिएर फसेका ७ जनाको सकुशल उद्धार भएको छ।
बिहीबार हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल बोट पल्टिँदा तालमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको हो।
बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण बोट तालको बिच भागमा पल्टिएको थियो।
बोटमा रहेका भारत घर बताउने २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीय पुनम चौधरी, २५ वर्षीय प्रविण दिक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नन्दबहादुर गुरुङ्ग फेवातालमा फसेका थिए।
प्रकाशित समय : २०:३७ बजे