global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले देशव्यापी रुपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ।

मे ७ देखि १० अर्थात वैशाख २४ देखि २७ सम्म आयोजना हुने सो अफरअन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउनेछन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने छ।

मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्नेछन् र यसका लागि बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन प्राप्त गर्न सकिने छ।

यसअन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशतसम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ।

थप सुविधाको रुपमा, सो चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ। तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिनासम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुनेछ।

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु