global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मिश्र र प्रसाई थप ५ दिनमा हिरासतमा बस्नु पर्ने

मिश्र र प्रसाई थप ५ दिनमा हिरासतमा बस्नु पर्ने

मिश्र र प्रसाई थप ५ दिनमा हिरासतमा बस्नु पर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।

जिल्ला अदालत काठमाडौँकी न्यायधस मोना सिंहको इजालसले मिश्रविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा म्याद थप गरेको हो ।

मिश्र र प्रसाइलाई पछिल्लोपटक वैशाख २१ गते म्याद थप गरिएकोमा थप अनुसन्धान गर्न पर्ने भएकाले म्याद थपका लागि प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो ।

गत चैत १५ गते भएको तीनकुने घटनामा दोषी भएको भन्दै सोही राती मिश्रलाइ र प्रसाइलाइ भने एक साता पछि भारतवाट पक्राउ गरेर ल्याएको थियो ।

 

प्रकाशित समय : १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु