global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जुम्ला–रारा म्याराथनमा ५९१ जना खेलाडी सहभागी हुने

जुम्ला–रारा म्याराथनमा ५९१ जना खेलाडी सहभागी हुने

जुम्ला–रारा म्याराथनमा ५९१ जना खेलाडी सहभागी हुने

जुम्ला–रारा अल्ट्रा म्याराथनमा ५ सय ९१ जना खेलाडी सहभागी हुने भएका छन् । म्याराथनको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । वैशाख २७ गते शुक्रबारदेखि सुरु हुने ५१ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथनको तयारी पूरा भएको बारे आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

म्याराथनमा देश–विदेशबाट गरि जम्मा ५९१ जना खेलाडी सहभागी हुने कर्णाली स्पोर्टस क्लबका अध्यक्ष सरोज शाहीले बताए । अध्यक्ष शाहीका अनुसार पोल्याण्डका १, अमेरिकाका १, फ्रान्सका १, भारतका–२ जना खेलाडी सहभागी हुनेछन् । सबैभन्दा ठुलो ५१ किलोमिटर दुरीको प्रतियोगितामा ७४ जना खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै पाँच किमी दौडतर्फ कर्मचारी व्यापारीतर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दुरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट–२ जना गरि कूल पाँचसय ९१ जना खेलाडीले प्रतियोगितामा सहभागी हुन नाम दर्ता गराएका छन् ।

पाँचथर, काठमान्डौ, नुवाकोट, चितवन, बाँके, सप्तरी १० वटा भन्दा बढी जिल्लाबाट सहभागी हुने भएका छन् । चार ठाउँमा चेकिङ प्वाइन्ट राखिएको छ ।

चेकिङ प्वाईन्ट–खाली पाटन, चौथा, डाव, चुचेमारा बेस क्याम्प, चुचेमारा टप चेकिङ प्वाईन्ट तोकिएको छ ।साथै दविदत्त गणले स्वयमसेवकको रुपमा सहयोग गर्नेछ । म्याराथनका लागि अनुमानित २८ लाख खर्च लाग्ने देखिन्छ भने म्याराथनबाट बचेको रकमबाट कर्णाली स्पोर्टस क्लबको भवन निर्माणमा खर्च गरिने छ । धावक हरि बहादुर रोकायाले क्लबको भवन निर्माणका लागि निःशुल्क जग्गा दिएका छन ।

म्याराथनको उद्घाटन गर्न कर्णालीका मुुख्यमन्त्री यामलाल कँडेल आउने कुुरो भएपनि बजेट निर्माणको छलफल नजिकिएकाले नआउने भएका छन् ।

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु