global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सुमेरु सहकारी पीडितको मागः संचालकले १५ अर्ब ६० करोड ठगी गरे, बचत फिर्ता होस्

सुमेरु सहकारी पीडितको मागः संचालकले १५ अर्ब ६० करोड ठगी गरे, बचत फिर्ता होस्

सुमेरु सहकारी पीडितको मागः संचालकले १५ अर्ब ६० करोड ठगी गरे, बचत फिर्ता होस्

सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगी र संगठितरुपमा अपराध गरेको भन्दै कारबाहीको माग गरेका छन् । उनिहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत संचालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका हुन् । आज संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सहकारी संचालकले लाखौं बचतकर्ताको अर्बौ ठगी गरेको भन्दै सरकारले फिर्ताको लागि पहल गर्नुपर्ने बताए । ‘सहकारी पीडितको बचत फिर्ताको लागि सरकारले कडारुपमा प्रस्तुत हुनुपर्छ । संचालकले संगठितरुपमा बचत अपचलन गरेका छन् ।

सरकारले जेलमै कोचेरै भएपनि बचत फिर्ता गर्नुपर्छ’ खनालले भने । पीडित बलराम राजभण्डारीले सरकारले नचाहेकै कारण बचतकर्ताहरुले बचत फिर्ता नभएको बताए । ‘जनताको बचत हिनामिना गर्नेहरु नै यही वरपर बसेका छन्, तर सरकारले कारवाहीको नगरेकै कारण ठगहरुको मनोबल बढेको छ । सरकारले जनताको बचत फिर्ताको पहल गर्नुपर्छ’ राजभण्डारीले भने ।

बचतकर्ताको बचत हिनामिना गरेपछि पीडितको मागअनुसार सहकारी समस्याग्रस्त घोषणा भइसक्दा पनि संचालकहरु उल्टाउन अदालत पुगेको बताए । बचतकर्ताकै रकम दुरुपयोग गरेर संचालक १४ जना कानुन व्यवसायीहरु लगाएको आरोप राजभण्डारीले लगाए । पीडित तथा वित्तीय अपराध अनुसन्धानकर्ता सुनिल स्थापितले सुमेरुमा संचालकहरुले संगठित रुपमा बचत हिनामिना गरेको बताए ।

सुमेरुमा कसरी संगठितरुपमा पीडितको बचत अनियमितता कसरी भयो भन्ने विवरण सार्वजनिक गर्दै स्थापितले जनताको बचत हत्याउने उद्देश्यले संचालक संगठित रुपमा ठगि गरेको बताए । उनले भरत महर्जन नेतृत्वको संचालक समितिदेखि हालसम्मका संचालकले पीडितलाई अल्मल्याउन र बचत पचाउनको लागि देखावटी झगडा गरिरहेको दाबी गरे ।

‘२०७६ सालमा संचालक समितिबाट राजिनामा दिइसकेको भरत महर्जन २०७९ पौस २२ गते बसेको संचालक समितिको बैठकमा उपस्थिति थिए । उक्त बैठकले ३ अर्ब ३९ करोड बचत रकम गैरकानुनीरुपमा कलेजमा लगानी गरेका थिए’ स्थापितले भने । महर्जनले सुमेरु डेभलप्र्सको जग्गा बच्च २०८१ बैशाख १४ गते सुनिल ढंगोललाई बेलायतबाटै अधिकृत वारिस दिएको बताए ।

प्रकाशित समय : १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु