global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ तेस्रो त्रैमासमा उपकार र जीवन विकास लघुवित्तको नाफा बढ्यो

तेस्रो त्रैमासमा उपकार र जीवन विकास लघुवित्तको नाफा बढ्यो

तेस्रो त्रैमासमा उपकार र जीवन विकास लघुवित्तको नाफा बढ्यो

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा संस्थाले ७२ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो । त्यस्तै, गत वर्ष ९ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले अहिले १३.४८ प्रतिशतले बढाएर १० करोड ६८ लाख रुपैयाँ पुर्याएको छ ।

यसैगरी, चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा जीवन विकास लघुवित्तले ३५ करोड ५६ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

गत वर्षको यसैअवधिमा जीवन विकासले २६ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले यसको खुद नाफा पनि बढेको हो ।

यस्तै, खुद ब्याज आम्दानी २८ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ४४ लाख ३२ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५० पैसाले बढेर ३० रुपैयाँ ८७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ९२ पैसा छ । त्यस्तै, चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लख रुपैयाँ छ ।

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु