global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ उद्योग वाणिज्य महासंघको आयोजनामा दशौं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा सुरु

उद्योग वाणिज्य महासंघको आयोजनामा दशौं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा सुरु

उद्योग वाणिज्य महासंघको आयोजनामा दशौं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा सुरु

काठमाडौंको भृकुटीमण्डपमा दशौं अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ सुरु भएको छ । आजदेखि नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मेला सुरु भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामासुरु भएको मेला वैशाख २९ गतेसम्म जारी रहने छ ।

मेलामा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश र थाइल्याण्डका व्यापारी तथा उत्पादकहरूको सहभागिता रहेको छ । मेलामा मेड इन नेपाल पेभेलियन र विभिन्न वस्तुगत संघहरूको पेभेलियन रहेको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा कुल ३०० भन्दा बढी स्टलमार्फत स्वदेशी र विदेशी वस्तु तथा सेवाहरू प्रदर्शनीमा राखिएको छ ।

मेलामा चीनबाट पावर ट्रान्समिशन इक्विपमेन्ट, इलेक्ट्रिकल्स, अटोमोबाइल्स, खाद्य तथा पेय पदार्थ, गार्मेन्ट्स, स्मार्टवाच लगायतका स्टलहरू रहनेछन् भने पाकिस्तान र बंगलादेशबाट लेदर तथा गार्मेन्ट्स सामग्रीहरू पनि प्रदर्शन छन् ।

यसका साथै मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन र निर्माण सम्बन्धी शिक्षा लगायतका विभिन्न विषयवस्तुहरूका स्टलहरू राखिएका छन् । यस वर्षका प्रमुख आकर्षणहरूमा मेड इन नेपाल उत्पादन, चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी, र अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया हुने अवसर रहेको छ ।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु