गृहपृष्ठ नेप्से परिसुचक ६१ अंकले बढ्यो, साढे १० अर्बको कारोबार
नेप्से परिसुचक ६१ अंकले बढ्यो, साढे १० अर्बको कारोबार

धेरै पछि सेयर बजारमा उछाल देखिएको छ । बुधबार नेप्से ६१ अंकले बढेर परिसुचक २६७२ विन्दुमा पुगेर रोकियो ।
यसदिन २ करोड ७३ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोडको कारोबार भयो ।
कारोबारमा आएका २२७ कमपनीको सेयर बढेको छ भने १८ कम्पनीको सेयर घट्दा एक कम्पनी स्थिर रहेको छ ।
कारोबारका आधारमा यसदिन सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत, युनिर्भसल पावर कम्पनी, सिंगटी हाइड्रोपावर अगाडी रहे । ती कम्पनीले ४० करोड माथिको कारोबार गरे ।
यस्तै आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीमा सकारात्मक सर्किट लाग्यो भने ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्यो । घट्ने मा न्यादी हाइड्रोपावर अगाडी रह्यो ।
यसदिन सबै इन्डेक्स बढेका छन् । सबै भन्दा धेरै फाइनान्स समुह बढेको छ । जुन ५.५५ प्रतिशतले बढ्यो ।
प्रकाशित समय : १५:३० बजे