global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेकोको २९औं साधारण सभा ९ जेठमा, आइतबारसम्म शेयर किन्नेले प्रस्तावित लाभांश पाउने

नेकोको २९औं साधारण सभा ९ जेठमा, आइतबारसम्म शेयर किन्नेले प्रस्तावित लाभांश पाउने

नेकोको २९औं साधारण सभा ९ जेठमा, आइतबारसम्म शेयर किन्नेले प्रस्तावित लाभांश पाउने

नेको इन्सुरेन्स कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थका लागि वैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख २९ गते सार्वजनिक बिदा भएकाले वैशाख २८ गते अर्थात आगामी आइतबारसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । नेको इन्सुरेन्सको साधारण सभा आउँदो जेठ ९ गतेका लागि बोलाईएको छ ।

कम्पनीले काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे २९औं वार्षिक साधारण सभा आह्वान गरेको हो । लाभांश लगायतका प्रस्ताव पारित गर्न नेको इन्सुरेन्सले साधारण सभा बोलाएको हो । उक्त सभाले मुख्य रूपमा चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्ने नेको इन्सुरेन्सले जनाएको छ ।

प्रकाशित समय : १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु