गृहपृष्ठ धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ
धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ

पञ्चकन्या ग्रुपले धनगढीमा आफ्नो नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयरको औपचारिक शुभारम्भ गरेको छ । यो नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या, अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पञ्चकन्या बाथवेयरले सुचिन्तित रूपमा डिजाइन गरिएको प्रिमियम स्तरको ट्याप, सावर र अन्य सहायक उपकरणहरू प्रस्तुत गर्दैछ, जसले विलासिता, पहुँचयोग्यता, र दीर्घकालीन भरपर्दोपनलाई एकैसाथ जोड्दछ । डिजाईन उत्कृष्टता र दिगोपनमा केन्द्रित यो ब्रान्डले नेपाली घरपरिवार तथा व्यवसायिक स्थलहरूको दैनन्दिन अनुभवलाई नयाँ परिभाषा दिने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
धनगढीमा आयोजित डिलर लञ्च कार्यक्रमलाई स्थानीय व्यवसायिक संघ, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट अतिथिहरूको उपस्थिति थियो । पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तर र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धता प्रस्तुत गर्दै बाथवेयर बजारमा ब्रान्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाहरूबारे प्रकाश पारे । पञ्चकन्या बाथवेयरका सेल्स हेड बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी रणनीतिबारे सहभागीहरूलाई जानकारी दिएका थिए । पञ्चकन्या समूहले नेपालमा विभिन्न विकास निर्माण कार्यको लागि उच्च गुणस्तर र दिगो समाधानहरू प्रदान गर्दै आएको छ । कम्पनीले भनेको छ ‘पञ्चकन्या बाथवेयरको परिचय कम्पनीको इतिहासमा एक अर्को महत्वपूर्ण कदम हो, जसले नेपाली उपभोक्ताको जीवनलाई सुधार्ने उत्पादनहरू उपलब्ध गराउने काम गर्दछ ।’
प्रकाशित समय : १३:३४ बजे