global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको बैठक पोखरामा

हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको बैठक पोखरामा

हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको बैठक पोखरामा

एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् ।

उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका हुन् । समूहको बैठक वैशाख २७ गतेसम्म पोखरामा बस्ने छ ।

कार्यशालासहितको बैठकमा एसिया प्यासिफिकमा हवाई उड्डयनको क्षेत्रले भोगिरहेको वन्यजन्तुजन्य जोखिमको अवस्था, त्यसको न्यूनीकरण तथा समाधान र उड्डयन क्षेत्रलाई सुरक्षित बनाउने उपायको खोजी गरिने विज्ञले बताएका छन् ।

बैठकमा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुरक्षित हवाई यात्राको सुनिश्चितताका लागि विद्यमान जोखिमको निदानमा जोड दिए ।

नेपाल सरकार यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने र प्रविधिमैत्री, सुविधायुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उड्डयन क्षेत्रको संवेदनशीलताप्रति आफूहरू सचेत रहेको बताए ।

प्रकाशित समय : २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु