गृहपृष्ठ निर्जीवन लघु बीमकले तेस्रो त्रैमासमा गरे ६८ करोड बढीको व्यापार
निर्जीवन लघु बीमकले तेस्रो त्रैमासमा गरे ६८ करोड बढीको व्यापार

चालू आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासमा लघु निर्जीवन बीमक कम्पनीको व्यवसाय गत आर्थिक वर्षको यही अवधिको तुलनामा बढेको छ ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चार निर्जीवन लघु बीमकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा २ लाख ७७ हजार ९८ वटा बीमा लेख जारी गरी ६८ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
चैतसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । यो कम्पनीले ७७ हजार ३५१ वटा बीमालेख बिक्री गरेर १९ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चैतसम्म ६९ हजार १५७ वटा बीमालेख बिक्री गरेर १७ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
स्टार माइक्रो इन्स्योरेन्सले ७४ हजार ३६५ वटा बीमालेख बिक्री गरेर १६ करोड ३२ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ५६ हजार २२५ वटा बीमालेख बिक्री गरेर १५ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्रकाशित समय : १८:४० बजे