global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ९ महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार १ खर्ब २६ अर्ब बढी

९ महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार १ खर्ब २६ अर्ब बढी

९ महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार १ खर्ब २६ अर्ब बढी

जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ खर्ब २६ करोड रुपैयाँको व्यवासाय भित्र्याउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँको व्यवसाय भित्र्याएको हुन् ।

कम्पनीहरुले यस अवधिसम्ममा १ करोड ३५ लाख ३९ हजार ५१० वटा बमिा पोलिसी बिक्री गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, नेशनल लाइफले १५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने एलआइसी नेपालले १४ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी, हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रकाशित समय : १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु