global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रेविज रोग शुन्यमा झार्न कुकुरको बन्ध्याकरण

रेविज रोग शुन्यमा झार्न कुकुरको बन्ध्याकरण

रेविज रोग शुन्यमा झार्न कुकुरको बन्ध्याकरण

सुर्खेत । वीरेन्द्रनगरमा सामुदायिक कुकुरबाट रेविजको जोखिम बढेपछि कुकुरको बन्ध्याकरण थालिएको छ । सामुदायिक कुकुरको संख्या बढ्दै जाँदा सवारी दुर्घटनाको जोखिम बढेको र रेविज रोगको जोखिम बढ्न सक्ने भएकोको कुकुरको संख्या नियन्त्रण गर्न कुकुरको बन्ध्याकरण गरिएको हो ।
नगरमा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने जोखिमसमेत भएकाले तिनलाई स्थायी बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइएको वीरेन्द्रनगर नगरपालिकाका पशुपंक्षि विकास शाखा प्रमुख यज्ञ पाण्डेले जानकारी दिए ।
जथाभावी सामुदायिक छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालिम प्राप्त पशुविज्ञको टोली र नगरपालिकाका कर्मचारीको सहयोगमा सुरक्षित क्षेत्रमा लिएर कुकुरलाई समातेर बन्ध्याकरण गर्ने र रेबिजविरुद्ध खोप लगाइदिने अभियान थालेको उनले बताए ।
तीन दिनसम्म सञ्चालन हुने शिविरमा शनिवारसम्म दुई सय कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाएको छ । बन्ध्याकरण गरिएको ९० प्रतिशत कुकुर सामुदायिक हुन् ।

एउटा कुकुरलाई सामान्य शल्यक्रिया गरेर बन्ध्याकरण गर्न करिब ४५ मिनेट लाग्ने गरेको पाण्डे बताउँछन् । ‘नगरपालिकाले विगत चार वर्षदेखि रेविज रोग नियन्त्रण र सामुदायिक कुकुर व्यवस्थापन गर्न विभिन्न कार्यक्रम गरिरहेको छ,’ पाण्डे भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म रेविज रोग शुन्यमा झार्ने लक्ष्य अनुसार हामीले पनि नगर क्षेत्रका विभिन्न ठाउँमा रहेका कुकुरहरुलाई छोपेर शिविरमा ल्याएर बन्ध्याकरण गरिरहेका छौं ।’
बन्ध्याकरण गरिएको कुकुरहरुको घाउमा संक्रमण फैलिन नदिन औषधी खुवाएपछि पुनः जुन ठाउँ वा क्षेत्रबाट ल्याएको त्यहीँ छाड्ने गरिएको छ । नगरपालिकाको पशुपंक्षि विकास शाखाले आयोजना गरेको शिविरमा एनिमल केयर सेन्टर काठमाडौंका पशु चिकित्सकहरु सहभागी छन् ।

प्रकाशित समय : ०५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु