global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपाल मोबिलिटी एक्स्पोमा लिपमोटर बी१० सार्वजनिक हुने

नेपाल मोबिलिटी एक्स्पोमा लिपमोटर बी१० सार्वजनिक हुने

नेपाल मोबिलिटी एक्स्पोमा लिपमोटर बी१० सार्वजनिक हुने

नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले आगामी नेपाल मोबिलिटी एक्सपोमा बहुप्रतिक्षित लिपमोटर बी१० सार्वजनिक गर्ने घोषणा गरेको छ।

नाइमाको आयोजनामा नेपाल मोबिलिटी एक्स्पो आगामी साउन २१ देखि २५ सम्म भृकुटीमण्डपमा हुनेछ । यसले नेपालको इलेक्ट्रिक मोबिलिटीको भविष्यमा नयाँ परिवर्तन ल्याउने प्रतिबद्धता अझ बलियो बनाउने कम्पनीले विश्वास गरेको छ ।

चीनको सांघाई अटो शो २०२५ मा हालै डेब्यु गरेको बी१०, अब विश्वव्यापी बजारमा प्रवेश गर्न तयारी अवस्थामा छ। तीमध्ये नेपाली बजारमा यसको आगमन हुने पक्का भएको कम्पनीले जानकारी दिएको छ।

लिपमोटरको ३.५ आर्किटेक्चरमा निर्मित बी१०, वातावरणप्रति सचेत र प्रविधिमैत्री उपभोक्ताहरू लागि डिजाइन गरिएको हो र यसले प्रदर्शन, नवप्रवर्तन र दिगोपनको उत्कृष्ट समिश्रण प्रदान गर्दछ। सो गाडीको विशेषताहरु नाइमा मोबिलिटी शोमा सार्वजनिक गरिनेछ।

यो भन्दा पहिले नेपाली बजारमा लिपमोटर सी१० र लिपमोटर टी०३ उपलब्ध भएको र अहिले बी१० को अनावरणले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ बढेर गएको बताइएको छ ।

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु