गृहपृष्ठ सिप्रदी ट्रेडिङ्ग र ओरियन्टल इन्स्योरेन्सबीच नगद रहित बीमा दाबी सम्झौता
सिप्रदी ट्रेडिङ्ग र ओरियन्टल इन्स्योरेन्सबीच नगद रहित बीमा दाबी सम्झौता

टाटा मोटर्स नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दाबी सेवासम्बन्धी सम्झौता भएको छ । काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सिप्रदीका भाइस प्रेसिडेन्ट सौरव राज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले सम्झौतामा हस्ताक्षर गरेका थिए । कम्पनीका अनुसार, यस सहकार्यबाट टाटा ग्राहकहरूलाई सवारी दुर्घटना भएमा बीमा दावी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ ।
यसअघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सानिमा इन्स्योरेन्ससँग पनि नगद रहित बीमा दावी सम्झौता गरिसकेको छ ।
कम्पनीको दाबी अनुसार यस सेवाबाट २,५०० भन्दा बढी ग्राहकले छिटो र झन्झटमुक्त दावी प्राप्त गरिसकेका छन् । सिप्रदीले भविष्यमा थप ग्राहकहरूलाई यस्तै सुविधा दिने योजना बनाएको छ । यस सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
प्रकाशित समय : १८:३१ बजे