global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सूर्यज्योति लाइफले ३१.९० प्र्रतिशतले बढायो नाफा

सूर्यज्योति लाइफले ३१.९० प्र्रतिशतले बढायो नाफा

सूर्यज्योति लाइफले ३१.९० प्र्रतिशतले बढायो नाफा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख्य प्रगति गरेको देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २२ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३१.९० प्रतिशतले बढेको छ । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १३.९८ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाघेको छ । त्यस्तै खुद बिमा शुल्क आर्जन पनि १७.८५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३९ अर्ब ४५ करोड रुपैयाँ भन्दा धेरै छ ।

चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ४२ करोड १९ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसाले बढेर ७ रुपैयाँ ८७ पैसा पुगेको छ ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु