global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’

‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’

‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा पनि कामले नतिजा देखिनुपर्ने बताएको छ ।

केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिले यहाँ आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल शृङ्गारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको आज उद्घाटन गर्दै उनले काम नतिजामुखी हुनुपर्नेमा जोड दिए ।

“जनताले विश्वास काम गरेपछि मात्रै गर्ने हुन्”, उनले भने, “अब बोलेर होइन कामबाट उपलब्धि देखिनुप¥यो तबमात्र जनताले विश्वास गर्छन् ।” पूर्वाधार निर्माणका क्रममा तीनै तहका सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुमा समन्वय र सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।

उनले सरकार बजेट बनाउने समयमा रहेकाले आगामी बजेटमा यहाँको विकास निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा सम्बोधन गर्ने बताए ।

धार्मिक एवं ऐतिहासिक स्थलकारुपमा रहेको केदारनाथको पहिचान संरक्षण गर्दै शिवधामका रुपमा स्थापित गर्न महायज्ञ आयोजना गरिएको केदारनाथ मन्दिर महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँडले बताए ।

केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा आजदेखि सुरु भएको महायज्ञ यही वैशाख २३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु