global ime bank Long Banner Ad

गृहपृष्ठ ‘तम्रै फूलिमा’को भिडियो सार्वजनिक

‘तम्रै फूलिमा’को भिडियो सार्वजनिक

‘तम्रै फूलिमा’को भिडियो सार्वजनिक

मिराज बिक्रम सिंहको निर्देशन रहेको गीत ‘तम्रै फूलिमा’को भिडियो सार्वजनिक भएको छ। मिराजकै शब्द, रोशन टमट्टाको संगीत, रोशन एवं प्रेरक्षा सिंहको स्वर र दीपक संगम विसीको मिक्सिङ रहेको पश्चिमेली देउडा गीतको भिडियो सार्वजनिक भएको हो ।

राजीव समरको कोरियाग्राफी रहेको गीतको भिडियोमा गीता ढुंगाना, कार्तिक सिंह, हिक्मत अविरल र गणेश जी.सीलाई फिचरिङ गरिएको छ । महेश महाराको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित समय : २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु