गृहपृष्ठ धरानबाट चोरी भएको बस पार्टपुर्जाविहीन अवस्थामा विराटनगरमा भेटियो
धरानबाट चोरी भएको बस पार्टपुर्जाविहीन अवस्थामा विराटनगरमा भेटियो
शुक्रबार धरानबाट हराएको बस विराटनगरमा फेला परेको छ। सुनसरीको धरानबाट यात्रुवाहक बस नै राखिएको ठाउँबाट चोरी भएको थियो।
धरान उपमहानगरपालिका–८ दुर्गा पथको ग्यारेजबाट प्रदेश १– ०२–००१ को ९७४९ नम्बरको बस चोरी भएको थियो। चोरी भएको बस चार दिनपछि विराटनगर महानगरपालिका– १२ मङ्गलवारे चोकमा भेटिएको प्रहरीले जनाएको छ।
विराटनगरमा भेटिएको बस पार्टपुर्जा निकालिएको अवस्थामा मङ्गलवार दिउँसो भेटिएको हो। विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा फेला परेको प्रहरी स्रोतले जनाएको छ।
प्रकाशित समय : १९:५८ बजे



















