global ime bank Long Banner Ad

गृहपृष्ठ गगन थापालाई चुप बस्न सर्वोच्चको आदेश

गगन थापालाई चुप बस्न सर्वोच्चको आदेश

गगन थापालाई चुप बस्न सर्वोच्चको आदेश

अदालतमा विचाराधीन मुद्दामा टिप्पणी नगर्न सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासबाट आज यस्तो आदेश जारी भएको हो । आदेशमा थापालाई सात दिनभित्र लिखित जवाफ दिन भनिएको छ ।

सत्तारुढ दलका शक्तिशाली महामन्त्रीले हालै एक सार्वजनिक मन्चबाट संवैधानिक निकायका ५२ भाइको मुद्दामा सर्वोच्च अदालतले ‘डिल’ गरिराखेको गम्भीर आरोप लगाएका थिए । लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र: अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै थापाले संवैधानिक आयोगका पदाधिकारीहरूलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको दावी गरेका थिए ।

प्रकाशित समय : १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु