गृहपृष्ठ नेपाली सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक
नेपाली सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक
बहुप्रतिक्षित नेपाली सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा उनको स्विटर साँझ कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
नवीन चौहानले निर्देशन गरेको यस फिल्ममा अभिनेता विपीन कार्की र मिरूना मगर मुख्य भूमिकामा रहेको छन् भने चलचित्रमा विल्सनविक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बूको पनि प्रमुख अभिनय छ ।
यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति र सम्बन्धका उतारचढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने जर्मको गरेको छ । कार्यक्रममा कलाकार कार्कीले उसले फिल्ममा आफूले काफ्लेको भूमिका निर्वाह गरेको बताए । फिल्म एकदमै राम्रो बनेको भन्दै सबै दर्शकले मन पराउँनेमा आफू विश्वस्त रहेको पनि उनी बताउँछन् ।
यस्तै ट्रेलर सार्वजनिक पश्चात कलाकार मिरुना मगरले आफू पूरै गुरुङको भूमिकामा रहि उनको स्विटरले दिने न्यानोपनको जस्तै न्यानोपनको महसुसगरी माया दिने पनि मौका पाएको बताइन् ।
‘चलचित्र घोषणादेखि अहिलेसम्म जतिपनि विषयबस्तु आएको छ मिडियाका साथिको साथै हाम्रा दर्शक सबैले धेरै माया दिनुभएको छ । त्यसको लागि मनैदेखि धन्यवाद । उनको स्विटर र आर्टमाण्डु टिमले मलाई यस्तो पात्र थमाइदिनुभएको फुल गुरुङ को जुन मैले गर्दा उनको स्विटरले दिने न्यानोपनको जसरी मैले त्यो न्यानोपनको महसुसगरी माया दिने पनि मैका पाए,’उनले भनिन् ।
यो चलचित्र आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको हो भने चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ ।चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् ।
प्रकाशित समय : १९:३३ बजे


















