global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ दुर्घटना न्यूनीकरण गर्न ‘ट्याक्टर बहस’

दुर्घटना न्यूनीकरण गर्न ‘ट्याक्टर बहस’

दुर्घटना न्यूनीकरण गर्न ‘ट्याक्टर बहस’

सवारी दुर्घटना न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेशभर ‘ट्याक्टर बहस’ सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयले प्रदेशका नौ वटै जिल्लामा ‘ट्याक्टर बहस’ सुरु गरिएको जिल्ला प्रहरीका प्रवक्ता बलदेव बडूले जानकारी दिए।

यो कार्यक्रम जनचेतनामूलक रहेको उहाँको भनाइ छ । उनले भने, “यसले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग मिल्ने विश्वास छ ।” खास गरेर सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा जन्ती र मलामी बोक्दा ट्याक्टर दुर्घटना हुने गर्दछन् । त्यसैले ‘ट्याक्टर बहस’ सञ्चालन गरिएको हो । पछिल्लो समय पहाडी जिल्लामा सडक पहुँच पुगेका क्षेत्रमा जन्ती र मलामी ट्याक्टरमा बोक्दा दुर्घटना हुने गरेको छ ।

ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर पर्ने गरेकाले दुर्घटना न्यूनीकरण गर्न सो बहस सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । यो बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिने गरिएको छ । उनले भने, “समान ढुवानी गर्ने ट्याक्टरमा मान्छे बोक्नु हुन्न भन्ने सन्देश दिन र दुर्घटना न्यूनीकरणका लागि यो बहस सञ्चालन गरेका हौँ ।”

अवैध रुपमा उत्खनन गरिएका नदीजन्य पदार्थको ढुवानी समेत ट्याक्टर प्रयोग हुने गरेको पाइएकाले त्यस्ता वस्तुहरु ढुवानी नगर्न प्रहरीले बहसमार्फत सचेत गराएको छ ।

प्रकाशित समय : १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु