global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ शिक्षक प्रहरीबीच झडपमा बाजुराका एक शिक्षक घाइते

शिक्षक प्रहरीबीच झडपमा बाजुराका एक शिक्षक घाइते

शिक्षक प्रहरीबीच झडपमा बाजुराका एक शिक्षक घाइते

काठमाण्डौंको नयाँ बनेश्वरमा प्रहरी र शिक्षकवीच झडाप हुँदा बाजुराका एकजना शिक्षक घाइते भएका छन्। घाइते हुनेमा खप्तड छेडेदह गाउँपालिका स्थित मष्टेश्वरी माबि डोगडीमा कार्यरत शिक्षक खडकराज जोशी रहेको शिक्षक महासंघ बाजुराका पूर्व अध्यक्ष जनकबहादुर शाहीले जानकारी दिएका छन् । झडमा परी उनको पिठ्युँमा नीलडाम परेका छन् ।

अहिले उनको ट्रमासेन्टरमा उपचार भइरहेको छ। आइतबार दिउँसो नयाँ वानेश्वरमा शिक्षक र प्रहरीबिच झडप भएको थियो। गत चैत्र २६ दिन देखि आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्न थाले पछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको बताइएको छ। ।“विद्यालय शिक्षा ऐन ”जारी गर्नुपर्ने मागसहित विगत २६ दिनयता शिक्षक महासंघ काठमाडौं केन्द्रित सडक आन्दोलनमा रहेको छ ।

सरकारसँग बार्ता सफल नभएपछि उनीहरू आइतबार बिहानै ११ः०० बजे देखि नयाँ बानेश्वर–माइतीघर सडक अबरूद्द गरेर बसेका थिए । आन्दोलनलार्य सफल पार्न भन्दै बाजुराका सामुदायिक विद्यालयका प्राय शिक्षक-शिक्षिका काठमाण्डों केन्द्रीत आन्दोलनमा छन्। यता सामुदायिक विद्यालयको भर्ना अभियान तथा पठनपाठन ठप्प छ । नीजि विद्यालयका विद्यार्थी खुरुखुरु स्कुल जान थालेका छन् । सामादायिक विद्यालयमा अध्ययनरत विद्यार्थी भने “सर कहिले आउनुहोला भन्दै बाटो कुरी बसेका छन् ।” नयाँ वर्षसंगै नयाँ कक्षा पढ्ने सोचले उमंग विद्यार्थि महिनादिन सम्म पनि विद्यालय नखोल्दा खिन्न भएर गार्यबस्तु चराउन बनपाखा जान बाध्य छन् ।

सरकारले शिक्षकका जहायज माग पूरागरी शिक्षकलाई घरफर्काउने वातावरण तयार गर्नुको सट्टा दमन गर्न थालेपछि सामुदायिक विद्यालय कति दिन बन्द रहने हुन् चिन्ता बढेको छ । मालिका माविका पूर्व विब्यस अध्यक्ष अशोककुमार रावलको भनाई छ । शिक्षको आम हड्तलले भएका विद्यार्थी पनि नीजि स्कुलमा भर्ना हुन थालेका छन् ।

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु