global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ काठमाडौं महानगरपालिकामा आज शोक बिदा

काठमाडौं महानगरपालिकामा आज शोक बिदा

काठमाडौं महानगरपालिकामा आज शोक बिदा

तत्कालीन काठमाण्डौ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज काठमाण्डौ महानगरपालिकाले शोक बिदा दिएको छ ।

महानगरको प्रशासन विभागले सूचना निकालेर आज शोक बिदा दिएको जानकारी दिएको हो । पुर्व स्वास्थ्य राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डंगोलको गत शुक्रवार निधन भएको थियो ।

२००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए । पञ्चायतकालमा २०४३ सालमा भएको चुनावमा उनले प्रजातन्त्रवादीका तर्फबाट उम्मेदवारी दिएर काठमाडौं नगरपालिकाका लागि उपप्रधानपञ्च विजय भएका थिए ।

उपप्रधानपञ्चका रुपमा उनले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याउनुभएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको जनाएको हो ।

जसअनुनसार आज अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहेको छ । स्वर्गीय डंगोलको हिजो टेकुमा अत्येष्टि भइसकेको छ ।

प्रकाशित समय : ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु