global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ इसेवाको नयाँ अफर : ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’

इसेवाको नयाँ अफर : ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’

इसेवाको नयाँ अफर : ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’

इसेवाले नयाँ अफर सार्वजनिक गरेको छ । ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ नाम दिइएको यो अफर २०८२ साल वैशाख १० गतेदेखि २४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अफर अवधिभर इसेवाबाट बैंक वा सहकारी संस्थामा रकम ट्रान्सफर गर्ने हरेक प्रयोगकर्ता पुरस्कारका लागि स्वतः योग्य हुनेछन् ।

हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँ बोनस जित्ने मौका पाउने छन् भने एक जनाले १ लाख रुपैयाँको बम्पर बोनस जित्ने अवसर पाउने छन् । बैंक ट्रान्सफरका लागि क्युआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गर्न सकिनेछ । त्यसैगरी सहकारीमा रकम डिपोजिट गर्न पनि यस्तै विधि अपनाउन सकिनेछ । हाल इसेवामा देशभरका सबै प्रमुख बैंक तथा वित्तीय संस्था आबद्ध छन् । यसले प्रयोगकर्ताहरूलाई अनलाइन, मोबाइल बैंकिङ तथा एजेन्टमार्फत रकम लोड गर्न सजिलो बनाएको छ ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु