गृहपृष्ठ नेको इन्स्योरेन्सले अवितरित हकप्रद सेयर भोलिबाट बिक्रीमा ल्याउँदै
नेको इन्स्योरेन्सले अवितरित हकप्रद सेयर भोलिबाट बिक्रीमा ल्याउँदै
नेको इन्स्योरेन्स लिमिटेडले बाँकी रहेको हकप्रद सेयर भोलि वैशाख १२ गतेदेखि लिलामीमार्फत बिक्रीमा राख्ने भएको छ।
कम्पनीले कुल २ लाख २५ हजार २६१ दशमलव ३५ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा ल्याउन लागेको हो ।
जसमध्ये संस्थापक समूहका ४३७७९.५२ कित्ता र सर्वसाधारण समूहका १८१४८१.८३ कित्ता सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । यस लिलामीमा भाग लिन चाहने लगानीकर्ताले न्यूनतम दर १०० रुपैयाँ तोकेर प्रतिस्पर्धात्मक बोलकबोल पेस गर्नुपर्नेछ ।
संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सकिनेछ भने सर्वसाधारण समूहतर्फका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध सेयरका लागि आवेदन दिन सकिनेछ ।
प्रकाशित समय : १३:५२ बजे





















