काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नयाँ वर्षको अवसरमा साइमेक्स इङ्कको ०–५–१० अभियान

7.18K
shares

नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इङ्क प्रा.लि. ले विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ ।

जसले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनीयता र मानसिक शान्ति प्रदान गर्ने जनाइएको छ । सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफरअन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरूले निम्न विशेष सुविधा प्राप्त गर्नेछन् ।

५ वर्ष सम्म शून्य सर्भिसिङ मूल्य : ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नेछन्, जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्ष सम्मका लागि यो सुविधा उपलब्ध हुने जनाइएको छ ।

१० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी : प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर मध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउँनेछन् । यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, जसले गुणस्तरीयता, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।

यो विशेष ०–५–१० अभियान आगामी २०८१ वैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुने र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागु हुने जनाइएको छ ।