गृहपृष्ठ अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी
अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको भेलाले अरुण अधिकारीको अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाई, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साईकुमार शर्मा र श्याम भण्डारी चयन भएका छन् ।
महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सह–सचिवमा राजकुमार गिरी, कोषाध्यक्षमा विष्णु खत्री र सह–कोषाध्यक्षमा हरिराज घिमिरे चयन भएका छन् ।
सदस्यहरूमा उद्धव श्रेष्ठ, फणिन्द्र पन्थ, लक्ष्मण सापकोटा, राम सेन, वरुण सिंह चयन भएका छन् ।
प्रकाशित समय : २१:०० बजे