global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एनएसएल : चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा प्रवेश

एनएसएल : चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा प्रवेश

एनएसएल : चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा प्रवेश

चितवन एफसीलाई हराउँदै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा भएको एलिमिनेटरमा चितवनलाई ३-० गोलले पराजित गर्दै पोखराले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा धनगढी एफसीसंग प्रतिस्पर्धा गर्नेछ ।

चितवनविरुद्ध खेलको ६२ औं मिनेटमा गोल गर्दै पोखराले पहिलो अग्रता लिएको थियो । समिर तामाङले हानेको क्रस चितवनका डिफेन्डर अभिषेक लिम्बुलाई डिफ्लेक्ट हुँदै गोलपोस्टमा छिरेको थियो ।

७१औं मिनेटमा जो आइडोले गोल गर्दै पोखराको अग्रतालाई दोब्बर बनाए । त्यसको ५ मिनेटपछि जो आइडोलेन व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र पोखरा ३-० ले विजयी भयो ।

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु