global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आन्दोलनबाट फर्किएका शिक्षकको दुर्घटनामा मृत्यु

आन्दोलनबाट फर्किएका शिक्षकको दुर्घटनामा मृत्यु

आन्दोलनबाट फर्किएका शिक्षकको दुर्घटनामा मृत्यु

राष्ट्रिय शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी भएर घर फर्किरहेका एक शिक्षकको सवारी दुर्घटनामा निधन भएको छ।

मनाङको नार्फु गाउँपालिका–८ घर भइ नासो गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको दुर्घटमा ज्यान गएको हो। शिक्षक आन्दोलनमा सहभागी भएर काठमाडौंबाट घर फर्कने क्रममा दुर्घटनामा परेर उनको मृत्यु भएको हो।

आइतबार तनहुँको भानु नगरपालिका–१०, नेपालटारमा भएको स्कुटर र जीप दुर्घटनामा घलेले ज्यान गुमाएका हुन्। नेपाल शिक्षक महासंघले आफ्ना सदस्य समेत रहेका घलेको निधनप्रति समवेदना व्यक्त गरेको छ।

डुम्रे–बेँसीसहर सडक खण्डमा डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित समय : २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु