global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ भिभो वाई–२९ स्काइवाक टावरमा सार्वजनिक

भिभो वाई–२९ स्काइवाक टावरमा सार्वजनिक

भिभो वाई–२९ स्काइवाक टावरमा सार्वजनिक

विश्वप्रसिद्ध प्रविधि ब्रान्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई–२९ लाई काठमाडौंको स्काइवाक टावर, कमलादी मा एक भव्य समारोहका साथ प्रमुख मिडियाहरू र ईनफ्लुन्सेरहरुको उपस्थितिमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

स्काइवाक टावरमा आयोजित समारोहले ६५०० एमएएच क्षमताको ब्याट्री लाई मुख्य विशेषता स्वरूप उजागर गर्यो । भिभोको ब्लु वल्ट टेक्नोलोजीले सुसज्जित यो फोनले लामो समयसम्म सहज प्रयोग सुनिश्चित गर्छ । ४४ वाट फ्ल्यास चार्जको साथमा ४८०० एमएएच सम्मको रिभर्स चार्जिङ, साथै ईमरजेन्सी पावर सेभिङ मोडको सहायताले १ ५ ब्याट्रीमा पनि आवश्यक सम्पर्क कायम राख्न सक्षम बनाउँछ । साथै, ५ वर्षसम्मको ब्याट्री ग्यारेन्टीले प्रयोगकर्तालाई दीर्घकालीन सन्तुष्टि दिन्छ ।

भिभो वाई–२९ को डिजाइन पक्षमा पनि नयाँपन देखिन्छ । थ्रीडी कभ्र्ड ब्याकप्लेट र मेटालिक हाई–ग्लस फ्रेमले स्टाइल र समात्न सजिलोपन दुबै प्रदान गर्छ। नोबल ब्राउन र एलीगन्ट ह्वाइट रंग विकल्पमा उपलब्ध यो फोनमा डायनामिक लाइटसहितको आकर्षक क्यामेरा मोड्युल छ, जसले फोटो तथा भिडियो अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ । भिभो वाई–२९ अहिले नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमा उपलब्ध छ । यसको प्रारम्भिक मूल्य रु. २४,९९९ राखिएको छ ।

 

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु