global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ वैदेशिक व्यापार : निर्यात ६५ प्रतिशतले बढ्यो

वैदेशिक व्यापार : निर्यात ६५ प्रतिशतले बढ्यो

वैदेशिक व्यापार : निर्यात ६५ प्रतिशतले बढ्यो

नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात ६५.१६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्ममा नेपालबाट १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।

जुन गत वर्षको तुलनामा ६५.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट कुल १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । निर्यातमा उल्लेख्य वृद्धि भएसँगै आयात पनि १२ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मुलुकबाट १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा १२.१८ प्रतिशतले कमि थियो । गत वर्षको तुलनामा व्यापार घाटा भने ६.४५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म नेपालको व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु