global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा नेपाली बजारमा

सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा नेपाली बजारमा

सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा नेपाली बजारमा

एक टीबी स्टोरेज भएको सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा नेपाली बजारमा सार्वजनिक भएको छ । सामसङ नेपालले नेपाली नयाँ वर्षको अवसर पारेर ग्यालेक्सी एस२५ अल्ट्रा १ टीबी स्टोरेज भेरियन्ट सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार, यस भेरियन्टमा उच्च क्षमताको स्टोरेजसँगै एआई विशेषता र सहज मल्टिटास्किङ सुविधा उपलब्ध छ ।

सामसङको एआई–फस्ट प्लेटफर्म वन यूआई सेभेनमा आधारित यो फोनले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि प्रयोगकर्तालाई सहज बनाउने कम्पनीको दाबी छ ।

स्मार्टफोनमा ‘नाउ बार’ र ‘नाउ ब्रिफ’ मार्फत दैनिक सूचना र सार संक्षेप उपलब्ध गराउने, ‘सर्कल टु सर्च’ सुविधा, कल ट्रान्सक्रिप्ट तथा समरी, राइटिङ असिस्ट, ड्रइङ असिस्टजस्ता सुविधा छन् ।

सामसङका अनुसार, यो भेरियन्ट बुधबार (वैशाख ३)देखि देशभरका आधिकारिक स्टोरमार्फत खरिद गर्न सकिनेछ । टाइटानियम सिल्भरब्लु र टाइटानियम ग्रे रंगमा उपलब्ध फोनको मूल्य दुई लाख ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा १२ जीबी र्‍याम पाइनेछ ।

सामसङ इन्स्टाफाइनान्स सेवाअन्तर्गत यो फोन ११ हजार ७५० रुपैयाँको किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिन्छ । एक वर्षको लागि एकपटक ब्रेकेज इन्स्योरेन्स समेत उपलब्ध छ । साथै, पुरानो मोबाइल साटेर नयाँ एस२५ सिरिज लिन सकिने सुविधा ‘सबकोफोन’ र ‘अर्कोस्टोर’ मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु