गृहपृष्ठ असोजमा मनसुनजन्य विपद्, ६ महिनापछि क्षति आकलन सुरु
असोजमा मनसुनजन्य विपद्, ६ महिनापछि क्षति आकलन सुरु

गत असोज महिनामा अविरल वर्षाका कारण सिर्जित मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन सुरु गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिग्रस्त जिल्लामध्ये काभ्रेको रोशी गाउँपालिका वडा नं २ नारायणटारबाट आकलन सुरु गरेको हो ।
रोशी गाउँपालिका वडा नम्बर २ का ३ जनालाई क्षति आकलन निस्सा उपलब्ध गराउँदै गृहमन्त्री रमेश लेखकले विस्तृत क्षति आकलन सुरुवात गरे । उनले ज्यादा प्रभावित जिल्ला र स्थानीय तह भएकाले रोशीबाट आकलन सुरुवात गरिएको जानकारी दिए ।
क्षति आकलनपछि पुनर्निर्माण सहज हुने भन्दै उनले छिटो आकलन सकाएर पुनर्निर्माण थाल्न प्रभावित र स्थानीय तहलाई आग्रह गरे । गृहमन्त्री लेखकले सरकारले गत असोज महिनामा बाढीपहिरोबाट क्षति भएका निजी आवास पुननिर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखेको उल्लेख गरे ।
प्रकाशित समय : १८:०५ बजे