global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘नेपाली खानालाई विश्व बजारीकरण गर्न सकिन्छ’

‘नेपाली खानालाई विश्व बजारीकरण गर्न सकिन्छ’

‘नेपाली खानालाई विश्व बजारीकरण गर्न सकिन्छ’

नेपालको पर्यटन प्रवद्र्धनमा पाककला एवं नेपाली पाककलाको अन्तर्राष्ट्रियकरण प्रवद्र्धन र विश्वस्तरमा नेपाली सेफहरूको भूमिका विषयक बिचार गोष्ठी साथै उत्कृष्ट प्रवासी नेपाली सेफ सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार काठमाडौंमा नयाँ बर्ष २०८२ दिवसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको साथै विश्वस्तरमा नेपाली सेफहरूको भूमिका विषयक बिचार गोष्ठी र उत्कृष्ट प्रवासी नेपाली सेफ सम्मान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपाली खानालाई विश्वबजारमा लगेर बजारीकरण गर्न सेफहरुको ठूलो भूमिका रहने बताएका छन् ।

उनले भने, ‘खाना बनाउदा सकारात्मक भावनाका साथ बनाइयो भने त्यो स्वादिलो हुन्छ भन्ने आयुर्वेदिक मान्यता पनि हो । सेफहरुले पाककलाद्वारा देशलाई छुट्टै पहिचान दिई पर्यटन प्रवद्र्धनमा सघाउन सक्नु हुन्छ । नेपाली खानाको महत्व बुझाएर, बाहिर देशमा नेपालको मान बढाउन सफल हुनु हुन्छ भन्ने आशा गरेको छु । नेपाली खानालाई विश्वबजारमा लगेर बजारीकरण गर्न सकिन्छ ।’

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु