गृहपृष्ठ विन नेपाल लघुवित्तको एफपीओ वैशाख ७ गते बाँडफाँड हुने
विन नेपाल लघुवित्तको एफपीओ वैशाख ७ गते बाँडफाँड हुने

विन नेपाल लघुवित्तको एफपीओ वैशाख ७ गते आइतबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो।
कम्पनीको एफपिओमा ४५५.९१ गुणा बढी आवेदन परेको छ । यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् ।
जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ ।
प्रकाशित समय : १७:५३ बजे