गृहपृष्ठ शिक्षकहरूलाई काममा फर्कन सरकारको आह्वान
शिक्षकहरूलाई काममा फर्कन सरकारको आह्वान

सरकारले आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ ।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नेपाल शिक्षक महासंघले उठाएका मागहरुका सम्बन्धमा सरकार संवेदनशील रहेको र यथोचित सम्बोधन हुने भन्दै आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरिएको जानकारी दिएका हुन् ।
संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न सरकारका तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको उनले बताए ।
प्रवक्ता गुरुङले शिक्षकहरूको मागप्रति सरकार गम्भीर रहेकाले शिक्षकहरूले पनि अव आफ्ना अडान छाड्नुपर्ने जिकिर गरे । उनले अहिलेको आर्थिक अवस्थालाई हेरेर शिक्षक लगायतका निजामतीको सेवा सुविधा वृद्धि गर्नेबारे पनि अध्ययन भइरहेको बताए ।
प्रकाशित समय : १७:४१ बजे