global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान

विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान

विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान

काठमाडौं । संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न आगामी बैशाख १२ गते (शुक्रबार) दिउँसो १ बजको लागि संघीय संसद बैठकको आह्वान गरिने भएको छ ।

मंगलवार मन्त्रिपरिषद्को बैठक बस्दै सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिएकी छन् ।

नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको मन्त्री भट्टराईले जानकारी दिईन् ।

मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुलाई विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी आआफ्नो कार्यथलोमा फर्किन अनुरोध समेत गरेको छ ।

प्रकाशित समय : ०९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु