global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

चेन्नई सुपर किंग्सको कमाण्ड फेरि एमएस धोनीको हातमा रहेको छ। रुतुराज गायकवाड घाइते भएपछि टोलीको कप्तानी फेरी उनले पाएका थिए । धोनीले आफ्नो कप्तानीमा टोलीलाई सोमबार लखनऊ सुपरजायन्ट्स विरुद्ध जित दिलाएका थिए। यस खेलमा फिनिशर धोनीलाई देखेर फ्यानहरू खुसी भए पनि दर्शकका मनपर्ने यी स्टार खेलाडी भने यतिबेला पीडामा रहेका छन् ।

खासमा धोनीले अन्तिम ओभरमा उत्कृष्ट इनिङ खेल्दै टोलीलाई जित दिलाएका थिए । धोनीले ११ बलमा २६ रनको अविजित इनिङ खेले र चार चौकासहित एक छक्का प्रहार गरे। धोनीको यो इनिङ टोलीका लागि म्याच बिजय हुन साबित भयो र जसका कारण उनको टिमले जारी सिजनको दोस्रो जित पनि हात पार्न सफल भयो । तर यो जितपछि धोनीको चिन्ता पनि बढेको छ र यसको कारण हो, उनको चोट ।

लखनउ विरुद्धको खेलको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा धोनी खुट्टा खोच्चाइरहेको देखिन्छ । उनी होटल भित्र जाँदैछन् र रविन्द्र जडेजासँगै छन् । यो भिडियोमा धोनी खुट्टा खोच्चाइरहेका छन् । म्याचको दौरान पनि धोनी रन लिँदा खुट्टामा चोटा लागेको देखिएको थियो । यसअघि पनि धोनीलाई सन् २०२३ मा घुँडामा चोट लागेको थियो ।

धोनीले आफ्नो कप्तानीमा यो सिजन टोलीलाई जित दिलाएका थिए र त्यसपछि उनले आफ्नो घुँडाको शल्यक्रिया पनि गराएका थिए । तर, यो चोटका कारण धोनी लगातार चिन्तित छन् । धोनीको अहिलेको चोट कत्तिको गम्भीर छ भन्न गाह्रो छ तर फ्यानहरू भने उनी घाइते भएर सिजन वा केही खेलबाट बाहिरिने पो हुन कि भन्ने चिन्तामा छन् । फ्यानहरूले आशा गर्नेछन् कि धोनी पूर्णतया फिट छन् र कप्तानीसँगै पुरानो शैलीमा ब्याटिङ गर्न आउनेछन् ।

प्रकाशित समय : ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु