गृहपृष्ठ विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित

विश्वको पाँचौँ अल्लो मकालु शिखर मकालु हिमाल आरोहण गर्ने कान्छी आरोही सम्मानित भएकी छन । सङ्खुवासभाको मकालु गाउँपालिका–२ नूर्व गाउँकी २८ वर्षीया किप्पा लामु शेर्पालाई आज सम्मान गरिएको हो ।
सदरमुकाम खाँदबारीमा एक कार्यक्रमकाबीच मकालु–२ नूर्व गाउँकी किप्पा शेर्पालाई मकालु गाउँपालिका–२ ले सम्मान गरेको मकालु–२ का वडाध्यक्ष छोपाल शेर्पाले बताए । शेर्पाले आठ हजार चार सय ८५ मिटर उचाइको विश्वको पाँचौँ अग्लो मकालु हिमाल अप्रिल १० अर्थात् चैत २८ गते १० बजेर १० मिनेटमा सफ आरोहण गरेकी थिइन ।
शर्पामाले मकालु हिमालको बाटो बनाउने क्रममा नौ जनाको टोलीसहित सफल आरोहण गरेका थिए । विसं २०५३ माघ १५ गते नूर्व गाउँमा जन्मिएकी शेर्पाको श्रीमान् र चार दाजुभाइसमेत आरोही हुन् । उनिहरूको विश्वको सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल सफल रूपमा आरोहण गरिसकेको कारण आफुलाई प्रेरणा मिलेको बताइन ।
एक वर्षअघि ४५ दिन मकालु आधार शिविरमा बसेको अनुभव सगालेपछि यो पटक मकालु आरोहण गर्न सफल भएको शेर्पाले बताइन । शेर्पाको मकालु हिमाल आरोहण खर्चको व्यवस्थापन सेभेन सवमिट टे«क्सले गरेको छ । मकालु गाउँपालिकामा दुई दर्जन बढी आरोही रहेका छन् ।
.
प्रकाशित समय : २२:३३ बजे